
डडेल्धुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल सुदूरपश्चिम प्रदेश भ्रमणमा आउने भएका छन्।
भ्रमणका क्रममा उनले डडेल्धुरा अस्पतालमा सुरु भएकाे डायलासिस सेवाको औपचारिक उद्घाटन गर्नुका साथै विभिन्न स्वास्थ्य संस्था अनुगमन गर्ने र पार्टी कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
मन्त्री पौडेल आज काठमाडौंबाट धनगढी पुग्ने कार्यक्रम छ। उनले गेटा अस्पताल निरीक्षण गर्नेछन्।
भाेलि ५ गते बिहान धनगढीबाट डडेल्धुरा आउनले पौडेलले दिउँसो डडेल्धुरा अस्पताल पुगेर नयाँ डायलासिस सेवाको उद्घाटन गर्नेछन्। त्यसपछि साँझ उनी डोटीको शिखर नगरपालिकामा स्थानीयहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भाद्र ६ गते बिहान ९:०० बजे दिपायल सिलगढीस्थित दिसिनपा हलमा पार्टी कार्यकर्ता भेटघाट गर्ने र बिहान ११:०० बजे पूर्विचौकी गाउँपालिकामा बनेको १० शैयाको स्वास्थ्य भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
यात्रा पूरा गरेर मन्त्री पौडेल भाद्र ६ गते बेलुकी धनगढीबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ।