पक्राउ परेको १३औँ दिनमा रिहा भए ओली र लेखक
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । जेन–जी आन्दोलनमा दमन गरेको भन्दै पक्राउ परेका उनीहरूलाई बिहीबार प्रहरीले परिवारको जिम्मा लगाएर रिहा गरेको हो ।
उनीहरू १४ चैतमा आ–आफ्नो निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेलगत्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीलाई प्रहरीले आज परिवारको जिम्मा लगाएको हो । लेखकलाई उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।
उनीहरूविरुद्ध अब म्याद थप नगर्न सर्वोच्चले परमादेश दिएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२ ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



